रूपन्देही – नेपाली कांग्रेसका सिद्धार्थनगर उपसभापति एवं वडा-७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो । यो विषयमा प्रहरीले औपचारिक रुपमा जानकरी दिएको छैन् ।
सिद्धार्थनगर नगरपालिका वडा-७ मा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको कारणले केही भन्न नमिल्ने जनाएको छ । अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन सकिने प्रहरीले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप छ ।





प्रतिक्रिया