काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सत्तारूढ गठबन्धनको बैठक अझै सुरू हुन सकेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवा ज्यापु दिवसको कार्यक्रममा जानुभएकोले बैठक बस्न ढिला भएको बालुवाटार स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहनुभएको छ भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने बालुवाटार पुगेर पनि बाहिरिनु भएको छ ।
आजै ४ बजे सर्वदलीय बैठक बोलइएको छ। संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बताउनु भएको छ ।







प्रतिक्रिया