अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

४  बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने बाहिरिनु भएको छ । उहाँले बाहिरिने क्रममा अर्को बैठकमा जान लागेको प्रतिक्रिया दिनुभएको छ ।

बैठक दिउँसो २ बजे बोलाइएको थियो । तर, ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएकाले बैठक ढिलो सुरू भएको हो ।

सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ ।