काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा सर्वदलीय शीर्ष बैठकमा सहभागी हुनुभएको छ । महामन्त्री थापा सर्वदलीय बैठकमा पहिलोपटक सभागी हुनुभएको हो ।
यसअघिका शीर्ष बैठकमा नेपाली कांग्रेसबाट अन्य नेता सहभागी हुने गरेकोमा यसपटक भने थापा पनि उपस्थित हुनुभएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराउनुभएको हो । कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि पदाधिकारी हैसियतमा थापाले सर्वदलीय बैठकमा प्रतिनिधित्व गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुनुहुन्छ ।







प्रतिक्रिया