काठमाडौं- नेकपा एमालेका पोलिब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले एमसीसीका बिषयममा खास्टोले छोपेको माओवादी बिरालो म्याउँ गरेको बताउनुभएको छ ।
संसदमा एमसीसी दर्ता गर्ने विषयमा सत्तारुढ दलहरु भित्र तीव्र मतभेद भइरहेको बेला बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै एमसीसी पास गर्ने विषयमा माओवादीको धारणा के हो भन्ने प्रश्न गर्नुभएको छ । हिजो माओवादी नेता दिनानाथ शर्माले केपी ओलीका कारण एमसीसी पास गर्न नसकिएको तर्क गरेपछि बास्कोटाले कडा प्रतिवाद गर्दै लेख्नुभएको छ, ‘एमसीसीको खास्टोमा लुकाएर राखेको माओवादी बिरालो म्याउँ गरेछ । पहिला माओवादीकै धारणा स्पष्ट र खुल्ला ढंगले सार्वजनिक हुन आवश्यक छ ।’
बास्कोटाले सत्तारुढ नबोल्ने ओलीको मुख ताकेर बस्ने भन्दै काँग्रेस माओवादीलाई कटाक्ष गर्नुभएको छ, ‘अब थाहा पायौ देश ओलीमय छ भन्ने सत्य ?’







प्रतिक्रिया