विराटनगर- प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित हुनुभएको छ ।
संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याउनुभयो । ६४ मत कम आउँदा उहाँ पराजित हुनुभएको हो ।
कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा पर्नुभएको छ ।
पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिनुहुन्छ । उहाँ प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए । पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेख्नुभएको छ, ‘म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस,स्वाभिमान न झुकोस पद सँग प्रतिष्ठा साट्नु नपरोस् ।’







प्रतिक्रिया