अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का कानूनमन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

प्रदेश १ का कानूनमन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित


विराटनगर – प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित हुनुभएको छ ।

संस्थापन इतर समूहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उहाँ पराजित हुनुभएको हो ।

कांग्रेसको विधानअनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् ।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन । उहाँ प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत हुनुहुन्छ । पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेख्नुभएको छ, ‘म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस्, स्वाभिमान न झुकोस पद सगप्रतिष्ठा साट्नु नपरोस ।’