काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ ।
साँझ ५ः२० बजे अध्यक्ष ओली काठमाडौंबाट भैरहवाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओली मंगलबार बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
जसपाका स्थानीय लोकप्रिय नेता मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगयात ५ हजार प्रवेश गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया