अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुला महिलातर्फको मतगणना : १६ सय मत गन्दा आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि

खुला महिलातर्फको मतगणना : १६ सय मत गन्दा आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि


काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला हुनुहुन्छ । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।

भुसालले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् ।