घोराही – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गर्न नसकेको बताउनुभएको छ ।
घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारको स्पष्ट दृष्टिकोण नहुँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अलपत्र परेको समेत उहाँले बताउनुभयो । वर्तमान गठबन्धनको सरकार एमसीसीबारे आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेको समेत बताउनुभयो । उहाँले अहिलेको गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काममा नलागेको स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेल भन्नुहुन्छ, ‘सरकारको स्पष्ट दृष्टिकोण नहुँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अलपत्र परेको छ । कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गर्नुभयो ।’







प्रतिक्रिया