काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि पर्नुभएको छ ।
नौ खुला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि पर्नुभएको छ ।
दिउँसो साढे ३ बजेसम्म २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाउनुभएको थियो । उहाँभन्दा डेढ सय मतले अगाडि डा.डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा हुनुहुन्छ ।
डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
चौथों स्थानमा रहनुभएकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा हुनुहुन्छ । छैंटौं स्थानमा रहनुभएकी सरिता प्रसाईले ९४९ मत पाउनुभएको छ । सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहनुभएकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहनुभएकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाउनुभएको छ ।
खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना आइतबार रातिदेखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गणना भइरहेको छ ।







प्रतिक्रिया