अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ : जीवन परियार

बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ : जीवन परियार


काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रिय सहमतिमा गर्नुपर्ने औंल्याउनुभएको छ ।

एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिँदै परियारले सबै दलले छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । ‘सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन,’ उहाँले भन्नुभयो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको उहाँको भनाइ छ ।

‘एमसीसी राष्ट्रिय एजेण्डा हो । यो प्रमुख प्रतिपक्षी दल एमालेको पनि एजेण्डा हो । सम्झौतामा कुन–कुन बुँदा अनुपयुक्त छन्, वा राष्ट्रिय हितविपरित छन् ? राष्ट्रियतामा प्रश्न उठाउने कुरामा यो पारित गर्नुहुँदैन,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘एमसीसी भनेको अमेरिकी सहयोग रकम, यो नेपालमा मात्रै आएको होइन । विभिन्न देशमा सम्पन्न भएका घट्ना पनि छन् । सबै दलहरुमा छलफल गरेर र पुनरावलोकन गरेर पारित गर्नुपर्छ ।’