रामेछाप – नेकपा एमालेले रामेछापका आठवटै स्थानीय तहमा पालिकास्तरीय बृहत् कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।
जिल्ला अधिवेशन हुनुभन्दा अगाडि पुस १३, १४ र १५ गते पालिका भेला गर्ने निर्णय जिल्ला कमिटी बैठकले गरेको हो ।
आज मन्थलीमा बसेको जिल्ला कमिटी बैठकले अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा जिल्ला अधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको छ ।
अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट कात्तिक १७ गते सबै वडामा एकैपटक गर्ने निर्णय समेत गरेको छ । जिल्ला अधिवेशन पुस २३ मा हुँदैछ ।
बैठकमा वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी, जिल्ला इन्चार्ज कैलाश ढुंगे लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।





प्रतिक्रिया