अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन


डडेल्धुरा – जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ ।

काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत भट्टको सोमवार निधन भएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासि बेहोस हुनुभएको थियो । त्यसपछि उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरियो थियो । त्यहाँ ठीक नभएपछि थप उपचारका लागि उहाँलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो । सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उहाँलाई ‘ब्रेन हेम्रेज’ भएको बताएका थिए ।

२०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत भएका भट्ट सातौं जिल्ला अधिवेशनबाट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश (ख) का क्षेत्रीय सभापति बन्नुभएको थियो ।

५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार इकाईका पूर्वअध्यक्षसमेत हुन् । भट्ट जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

जनआन्दोलमा उहाँले करीब तीन महिना जेल जीवन बिताउनुभएको थियो । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछि उहाँ लगायत चार जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए । माघ २५ गते उहाँहरू जेल परेका थिए । उहाँका दुई छोरी र एक छोरा छन् ।