अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोक्नुभएको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

कांग्रेसमा उहाँ सभापति शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएको थियो । तर महामन्त्रीमा उहाँ पराजित हुनुभयो । पराजित हुँनै लाग्दा उहाँले रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

उहाँले राजीनामा दिनुभएपछि खाली रहेको मन्त्रालय प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँलाई नै जिम्मेवारी दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।