काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आउनुभएको छ ।
आज बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सोमबार नै भैरहवा हुँदै कपिलवस्तु आउनुभएको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
जसपाका स्थानीय लोकप्रिय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत ५ हजार प्रवेश गर्ने कार्यक्रम छ ।
यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई अभिनन्दन गर्दै हुनुहुन्छ । प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्न लाग्नुभएको हो ।







प्रतिक्रिया