काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
मध्यान्ह १२ बजेदेखि संसद भवन नयाँ बानेश्वरमा बैठक बसिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसदमा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाइरहेकाबेला सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाउनुभएको हो ।
संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ ।
एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेकाबेला सभामुखको रणनीतिक के हुन्छ भन्ने चासो छ ।
तत्कालिन सभामुख कृष्णबहादुर महराको अबरोधका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अगाडि बढाउन पाउनुभएको थिएन ।







प्रतिक्रिया