अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने


नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उहाँले सुनाउनुभयो । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।