काठमाडौं- अन्तरजातीय विवाह गरेको कारण आठ दिनदेखि बेपत्ता हुम्ला सुर्केगाडका १८ वर्षीय चन्द्रे कामी भेटिएका छन्।
प्रेम विवाह गरेका चन्द्रे र उनकी प्रेमिकालाई केटी पक्षले २९ मंसीरमा घरबाटै लगेका थिए। प्रेमिका बुवा बीरबहादुर मल्लको घरमा भेटिए पनि चन्द्रे फेला नपरेपछि प्रहरीले उनको खोजीमा ३५ जना प्रहरी परिचालन गरेको थियो।
मंगलबार राति चन्द्रे सुर्केगाडबाट केही टाढाको गाउँ खार्पुनाथ भन्ने गाउँमा भेटिएको उनका दाजु नाता पर्ने गगन लोहारले जानकारी दिए ।
केटी पक्षका २० जना २९ मंसीर मध्यराति चन्द्रेको घरमा पसेर कुटपिट गर्दै लगेको स्थानीयको आरोप छ ।







प्रतिक्रिया