अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी सम्मेलन : खाना र बसोबास प्रतिनिधि स्वयंले व्यवस्थापन गर्न निर्देशन

माओवादी सम्मेलन : खाना र बसोबास प्रतिनिधि स्वयंले व्यवस्थापन गर्न निर्देशन


काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजा मात्र दिने भएको छ ।

आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो ।

‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान-बेलुकाको खाना तथा बसोबासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भन्नुभयो, ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, पाँच दिन फरक फरक खाजाको मेन्यु बनाइएको छ ।’

उहाँकाअनुसार मासु, चिउरासहित पनिर लगायतको भेराइटीहरु मेन्युमा राखिएको छ ।