अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायालयमा देखिएको समस्याको समाधान सर्वदलीय बैठकबाट खोज्नुपर्छ : महान्यायाधिवक्ता खाती

न्यायालयमा देखिएको समस्याको समाधान सर्वदलीय बैठकबाट खोज्नुपर्छ : महान्यायाधिवक्ता खाती


काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उहाँको सो धारणा सार्वजनिक गर्नुभएको हो ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताउनुभयो ।

‘प्रधानन्यायाधीशको विषयमा गम्भीर प्रश्न कुरा उठेको छ । सरकारले विशेष चासो दिनुपर्ने छ । सर्वदलीय बैठक बसेर भए पनि अगाडि बढाउनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र, विधिको शासन स्वच्छ न्यायपालिकाका विषयमा प्रश्न उठेका छन् । प्रधानमन्त्रीज्यूले विपक्षीसँग बसेर, सर्वदलीय बैठक राखेर निकास खोज्नुपर्छ । निकास दिनुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा उहाँले नयाँ र परिस्कृत कानून आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।