अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डको दस्तावेज तयार, शुक्रबार स्थायी कमिटी बैठक

अध्यक्ष प्रचण्डको दस्तावेज तयार, शुक्रबार स्थायी कमिटी बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेज तयार पार्नुभएको छ । उहाँले १५ दिन लगाएर सम्मेलनमा पेश हुने दस्तावेज लेख्नुभएको हो।

प्रचण्डले तयार पार्नुभएको दस्तावेजलाई स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि आगामी राष्ट्रिय सम्मेलनमा पेश हुनेछ। छलफलका लागि शुक्रबार स्थायी समिति बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार बिहान ८ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि शुरु हुनेछ।