अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डकै घेराबन्दीमा अर्थमन्त्री शर्मा : गोकुल बास्कोटा

प्रचण्डकै घेराबन्दीमा अर्थमन्त्री शर्मा : गोकुल बास्कोटा


​​​​​​​काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै मिडियाहरू परिचालित भएको खुलासा गर्नुभएको छ ।

उहाँले ट्विट गर्नुहुँदै अर्थतन्त्रका सूचक ओरालो लागिरहेको बेला अर्थमन्त्रीको आलोचना हुनु स्वाभाविक भए पनि प्रचण्ड निकट मिडिया नै अर्थमन्त्री विरुद्ध लाग्नु भनेको चाहिं माओवादीको राष्ट्रिय सम्मेलन भएको खुलासा गर्नुभएको हो ।

अर्थमन्त्री जनार्दन शर्माको महासचिवमा दाबी कमजोर पार्न माओवादी अध्यक्ष प्रचण्डकै मिडिया लागिरहेको बास्कोटाको बुझाइ छ । ‘प्रचण्डकै खल्तीका मिडियाबाट अर्थमन्त्रीमाथि शृङ्खलाबद्ध आक्रमण हुनुको राजनीतिक रहस्य भनेको कि त महासचिवको दाबी हाँप्ने वा अर्थमन्त्री छोड्नु पर्ने दबाब रहेको’ बास्कोटाले उल्लेख गर्नुभएको हो।

हेर्नुहोस् बास्कोटाको ट्विट स्ट्याटस ​​​​​​​जस्ताको त्यस्तै :