अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा विद्यालयमै बेहोस भएका छात्रको मृत्यु

तनहुँमा विद्यालयमै बेहोस भएका छात्रको मृत्यु


दमौली – विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा कक्षा-८ मा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो ।

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिनुभयो । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो ।

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृतकका आफन्तलाई खबर गरिसकिएको छ ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताउनुभयो । ‘मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौ, गरिबीका कारण उपचार गराउन सकेका थिएनन,’ उहाँले भन्नुभयो ।