अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रदेश २ सभापतिमा यादव, संस्थापन पक्षबाट चुनाव लडेका थिए

कांग्रेस प्रदेश २ सभापतिमा यादव, संस्थापन पक्षबाट चुनाव लडेका थिए


जनकपुर- नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएकाे छ ।

रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएकाे थियाे ।

बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएकाे छ ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको थियाे ।