सुनसरी – नेपाल उत्पीडित जातिय मुक्ती समाज, जिल्ला कमिटी सुनसरीको बिस्तारित जिल्ला भेला आज पार्टी कार्यालय ईनरुवामा सम्पन्न भयो । भेलाले नारायण परियारको संयोजत्वमा १०१ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गर्दै एक महिने संगठन विस्तार तथा परिचालन अभियान संचालन गर्ने भएको छ ।
आगामी एक महिनाभित्र १२ वटै पालिका स्तरिय कमिटीहरु निर्माण गर्ने योजना रहेको मुक्ती समाजकी केन्द्रीय सदस्य नरमाया परियारले बताउनुभयो ।
भेलामा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य डीबी शाह शंकर, पार्टी जिल्ला कमिटी सुनसरी अध्यक्ष खेमराज पोखरेल, समाजका केन्द्रीय सदस्यहरु पार्वता बराईली, नरमाया परियार, साबित्रा परियार, खगेन्द्र नेपाली, लक्षमण दास, सुभम मग्राती, धनबहादुर बराईली, वीरबहादुर सुन्दास, खड्ग बिक, लिला शंकर र बलिन्द्र बिकको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया