सल्यान – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनुभएको छ ।
सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्दै अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताउनुभयो ।
‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं,’ उहाँले भन्नुभयो ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’
एमसीसी पास गर्ने अधिकार जनतामा रहेको त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताउनुभयो ।





प्रतिक्रिया