अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेगा बैंकले ल्यायो डिजिटल मोबाइल बैंकिङ सुविधा

मेगा बैंकले ल्यायो डिजिटल मोबाइल बैंकिङ सुविधा


काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणाली (Omni Channel System) मा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

मेगा बैंकले डिजिटल बैंकिङ्ग सेवाहरु- मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ तथा वेबसाइट URLhttps://bankxp.megabank.com.np को माध्यमबाट प्रयोग गर्न सकिने जानकारी गराएको छ ।

डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका तथा नभएका ग्राहकहरुलाई लक्षित गर्दै बिना चेक नगद निकाल्न र पठाउन मोबाइल क्यास (mCash), रकम जम्मा गर्न मोबाइल भौचर (mVoucher) लगायतका सुविधा थप गरेको छ ।

मोबाइल भौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, मोबाइल क्यासको माध्यमबाट प्रयोगकर्ताहरुले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, (QR) कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरु रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिनुभयो।

मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवाहरु सम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोड मार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेबको माध्यमबाट उठाउन सक्नेछन ।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले आफै रजिष्टर (Self  Register)गरी अनलाइनबाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् । ‘डिजिटलाइज्ड बैंक’का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमाबसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याइसकेको छ ।

पुराना प्रयोगकर्ताहरुले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एपस्टोर वाप्लेस्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन् । बैंकको यस स्तरोन्नत्तिसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइलवाट कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने छ ।