काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
हरेक महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय सदस्यको विवरण निर्वाचन आयोगमा अद्यावधिक पनि गर्नुपर्ने भएकोले दुवै काम आजै गरिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार उपमहासचिव विष्णु रिमाल केन्द्रीय सदस्यहरु केशव वडाल र निरज आचार्य सहितको टीमले निर्वाचन आयोगमा दल दर्ता गरेको हो । ‘दशौं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको नामावली अद्यावधिक पनि गरियो । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता पनि गरियो’ अधिकारीले यो बेलासँग भन्नुभयो ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी १२ माघमा हुँदै छ । राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको हो।







प्रतिक्रिया