काठमाडौं – नेकपा एमालेको जिल्ला र प्रदेश अधिवेशनका लागि जिल्ला र प्रदेश कमिटीका तयारी बैठकहरु सकिएका छन् ।
एमाले केन्द्रीय कार्यलयले जनाए अनुसार पुष २३ गते एकै दिन जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशनहरु हुँदैछन् ।
त्यसका लागि विभिन्न जिल्लाहरुले जिल्ला कमिटीको बैठक गरेका छन् । बैठकमा नयाँ सदस्य मनोनयन देखि महाधिवेशनका लागि कार्यविधभाजन समेत भएको छ ।
यसैगरी सात वटै प्रदेशमा गठन भएका तदर्थ समितीले प्रदेश अधिवेशना लागि तयारी बैठक सकेका छन्। केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार पुष ४ गते प्रदेश नं २, कर्णाली र गण्डकी प्रदेशका बैठक सकिएका छन् । पुष ८ गते प्रदेश नं १ र सुदुरपश्चिम प्रदेश र पुष ९ गते बागमती प्रदेश कमिटीको बैठक सकिएको छ ।
प्रदेश अधिवेशनले के्रन्द्रीय कमिटीले मंसिर २६ गते मनोनयन गरेका पदाधिकारीहरुलाई नै कायम गर्ने र सदस्यहरुमा नयाँ अनुहार चयन गर्ने सम्भावना छ ।
पुष २३ गते हुने जिल्ला अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने तयारी छ ।







प्रतिक्रिया