अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाममा ३ हजार ८६३ मतदाता थपिए

अछाममा ३ हजार ८६३ मतदाता थपिए


अछाम – स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिनुभयो।

दोस्रो चरणको ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन् । हालसम्म अछाममा एक हजार ९२९ जना महिला र एक हजार ९३४ जना गरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको छ भने ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सूचना अधिकारी थारूले जानकारी दिनुभयो ।