अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि तीन दिन अध्यक्ष ओली गृह जिल्ला झापाका २० वटा कार्यक्रममा सहभागी हुने

भोलिदेखि तीन दिन अध्यक्ष ओली गृह जिल्ला झापाका २० वटा कार्यक्रममा सहभागी हुने

आफ्नो निर्वाचन क्षेत्रका सहर देखि देहातसम्मका गाउँमा पुग्ने


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिने कार्यक्रम लिएर भोली गृह जिल्ला झापा आँउदै हुनुहुन्छ ।

एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार विराटनगर एयरपोर्ट हुँदै अध्यक्ष ओली भोलि ११ बजे मदन भण्डारी स्मृति प्रतिष्ठानको २०औं साधारणसभा उद्घाटन गर्न मोरङको उर्लाबारी पुग्नुहुनेछ । त्यसपछि जिल्ला पार्टी कार्यालयले झापाले आयोजना गरेको सम्मान गर्ने कार्यक्रममा सहभागी विर्तामोड जानुहुनेछ ।

एमाले जिल्ला कमिटी झापाले केन्द्रीय अध्यक्ष ओली देखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । विर्तामोड मै अनेरास्ववियूको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिनुभयो ।

१० गते अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा बास बस्नुहुनेछ ।

११ गते बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन,साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे  दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुनेछ । यस्तै साढे १२ बजे दमक ४ मा अपांगहरुलाई ह्विल चेयर वितरण गर्नुहुनेछ ।

थापाका अनुसार साढे २ बजे शान्ती मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पसु मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिक क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ । अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । ११ गते पनि अध्यक्ष ओली दमक मै बस्नुहुनेछ ।

१२ गते बिहान ९ बजे विभिन्न पार्टी त्यागेकाहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । त्यसैगरी साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको थापाले बताउनुभयो । दिउसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।