काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गर्नुभएको छ । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार ४८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गर्नुभएको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित १४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रनिनिधिका रुपमा मनोनयन गर्ने छन् ।
माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ ।







प्रतिक्रिया