अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डस्ना र सिरक किन्ने पैसा नभएपछि चिसोबाट बच्न परालको भर

डस्ना र सिरक किन्ने पैसा नभएपछि चिसोबाट बच्न परालको भर


सप्तरी – एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग)को भर पर्दै आएका छन् । डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछ्यान बनाएर सुत्दै आएका छन् ।

विष्णुर गाउँपालिका–६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ । उहाँले भन्नुभयो, ‘ओढ्ने जे जे ओढे पनि ओछ्यान भने पुवार नै प्रयोग भइरहेको छ।’

स्थानीय ५० वर्षीय कारो सदा पनि जाडो महिनाभर यसरी नै बित्ने गरेको बताउनुभयो । ‘हामी जस्ता दलित विपन्नलाई जाडो छल्न कहिलेकाही संघसंस्थाहरूले ओढ्ने वितरण गरेर सहयोग गरे पनि ओछ्याउने कसैले दिदैनन् । केटाकेटीदेखि बुढाबुढी सबै यसरी नै सुत्छौं ।’

बिहानदेखि बेलुकासम्म चिसो हावा चल्ने, मुटु काम्ने जाडोबाट जोगिन पुस्तौ पुस्तादेखि पुवार प्रयोग गर्दै आएको सोही वडाका वडा अध्यक्ष बहादुर सदाले बताउनुभयो ।