पुस – अछाममा हालसम्म कोरोनाविरुद्धको खोप लगाउने एक लाख ५० हजार ५९४ पुगेका छन् । जसमा कम्तीमा ८५ हजार ६४० जनाले पहिलो र ६४ हजार ९५४ जनाले पूर्ण मात्रा लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा २४ हजार २७० जनाले खोप लगाएका छन् । जसमा १४ हजार २३७ जनाले पहिलो मात्रा र १० हजार ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, सवैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा १० हजार ८१८ जनालाई खोप लगाइएको छ । जसमा पहिलो मात्रा खोप लगाउनेको ६ हजार २६४ र पूर्ण मात्रा खोप लगाउने चार हजार ५५४ रहेका छन् ।
साँफेबगर नगरपालिकामा १८ हजार ३८३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार ८८७ रहेको छ भने पूर्ण मात्रा खोप लगाउने आठ हजार ४९६ रहेको छ ।
पन्चदेवल विनायक नगरपालिकामा १६ हजार ३१९ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार ६२२ र ६ हजार ६९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
कमलबजार नगरपालिकामा १५ हजार १९३ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने आठ हजार ५८८ रहेको छ भने ६ हजार ६०५ जनाले पूर्ण मात्रा खोप लगाएको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।
तुर्माखाँद गाउँपालिकामा १४ हजार ४४३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने सात हजार ६६५ रहेको छ भने ६ हजार ७७८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
रामारोशन गाउँपालिकामा १४ हजार २४२ जनालाई खोप लगाइएको छ । यहाँ पहिलो मात्रा खोप लगाउने आठ हजार ४६० र दुवै मात्रा खोप लगाउने पाँच हजार ७८२ रहेको छ ।
यता, चौरपाटी गाउँपालिकामा १२ हजार ९२२ जनालाई खोप लगाइएको छ । सात हजार ४९१ जनालाई एक मात्रा खोप लागाइएको छ भने पाँच हजार ४३१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
मेल्लेख गाउँपालिकामा १२ हजार ६८ जनालाई खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा खोप लगाउने ६ हजार ९६४ र उनीहरूमध्ये पाँच हजार १०४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
ढकारी गाउँपालिकामा ११ हजार ९३६ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने ६ हजार ४६२ रहेका छन् भने उनीहरूमध्ये पाँच हजार ४७४ जनाले पूर्ण मात्रा खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्यांक अधिकृत एवं सूचना अधिकारी शम्भुनारायण पन्तले जानकारी दिनुभयो ।
प्रतिक्रिया