अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिलो आत्मसमीक्षा मबाटै शुरु गर्दैछु : अध्यक्ष प्रचण्ड

पहिलो आत्मसमीक्षा मबाटै शुरु गर्दैछु : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध कालदेखि खुला राजनीतिसम्म आइपुग्दा कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गर्ने बताउनुभएको छ ।

आइतबार (भोलि) बाट शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गर्ने प्रचण्डले बताउनुभएको हो ।

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा आत्मसमीक्षा गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड भन्नुहुन्छ- ‘पहिलो आत्मसमीक्षा मबाटै शुरु गर्दैछु । कहाँ त्रुटी भयो र यस्तो स्थिति किन आयो ? त्यसको निम्ति नैतिक रुपले म जिम्मेवार हुन्छु । किनकी प्रमुख नेता हुनुको नाताले मैले यसो भनिरहेको छु ।’

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यही सम्मेलनले माओवादीको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।