उर्लाबारी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर लैजान्छु भनेर आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै नेता एमालेमा छाडेर फर्किएको बताउनुभएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठानले झापाको उर्लाबारीमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपाल लगायतका पात्रहरुले नेपालको कम्युनिष्ट आन्दोलनको कलङ्क भएको बताउनुभयो । एमालेले राजनीतिलाई स्वस्थ राजनीतिको रूपमा विकास गर्न चाहेको उहाँले बताउनुभयो ।
एमाले देशको भूमि, स्वाभिमानको रक्षा र अधिकारको सुरक्षाको कुरामा प्रतिबद्ध भएर लागेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया