काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउनुभएको छ ।
राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिनुभएको हो ।
‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउँमा हुन्छौँ’, उहाँले भन्नुभयो, ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’







प्रतिक्रिया