अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुर्खेतको जिल्ला अधिवेशनको तयारी

एमाले सुर्खेतको जिल्ला अधिवेशनको तयारी


सुर्खेत – नेकपा एमालेको सुर्खेत जिल्ला किमिटीले आठौं जिल्ला अधिवेशनको तयारी सुरू गरेको छ । आगामी पुस २३ र २४ गते वीरेन्द्रनगरमा गरिने जिल्ला अधिवेशनका लागि आठ वटा समिति बनाइएको छ।

जिल्ला अध्यक्ष ध्रुबकुमार शाहीको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृतबहादुर बिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, गंगाराम तिमिल्सेनाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

यस्तै, हरिहरनाथ योगीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन समिति, पूर्णप्रसाद पौडेलको संयोजकत्वमा खाना र खाजा व्यवस्थापन समिति, चतुर्भुज शाहीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, सुशीला विकको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ ।

प्रतिनिधि छनोट गर्दा अन्य जाति र जनजाति सदस्यहरू ३० जना बराबर १ जना र दलित क्षेत्रबाट २० जना सदस्य बराबर १ जना छनोट गर्ने भएको छ । प्रतिनिधि छनोट गर्दा ३३ प्रतिशत महिला अनिवार्य हुने पर्ने व्यवस्था छ ।

सुर्खेत जिल्लाभर १२ हजार एमाले सदस्य छन् । आठौं जिल्ला अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने भएका छन् ।