बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा अभिनन्दन गरिएको छ ।
नेकपा एमाले झापाले सम्मान कार्यक्रमको आयोजना गरेर पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई अभिनन्दन गरेको हो ।
१०औं महाधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष ओलीसहित झापाका विभिन्न कमिटीमा निर्वाचित सदस्यदेखि अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
अध्यक्ष ओलीले झापाको सम्मानप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले जनताले गरेको विश्वास र आशा पूरा गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।







प्रतिक्रिया