अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग अन्य दलहरुको एक्लै चुनावमा लड्न सक्ने हिम्मत छैन : अध्यक्ष ओली

एमालेसँग अन्य दलहरुको एक्लै चुनावमा लड्न सक्ने हिम्मत छैन : अध्यक्ष ओली


बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले विरुद्ध गठबन्धन गर्नेहरुलाई पट्टासाफ हुने बताउनुभएको छ। उहाँले एमालेसँग कुनै पनि दलहरु एक्लै चुनावमा लड्न सक्ने हिम्मत समेत नगरेको बताउनुभयो ।

नेकपा एमाले झापाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव भन्न साथ अन्य दलहरु एमालेलाई सम्झिएर सात कोष टाढा भाग्ने समेत बताउनुभयो । एमालेको डरले चुनाव सार्ने रणनीतिमा सत्ता गठबन्धनहरु पुग्ने गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘जनताले गरेको विश्वास र आशा पूरा गर्न प्रतिवद्ध छु । जनताको पवित्र भोटबाट एमाले बहुमतसहित सरकारमा आउने प्रतिवद्ध गराउन चाहन्छु । एमाले सेटिङ, धाँदली र परमादेश बिनै बुहमत आउँछ ।’

प्रतिक्रियावादीहरुका अगाडि बैशाखी टेके पनि गोडा नटेक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म जनताको निम्ति प्रतिवद्ध छु, देश विरोधी, विकास विरोधीहरु सामु गोडा टेक्ने छैन ।’ एमालेसँग देश बनाउने नीति र योजना रहेको भन्दै समाजवाद ल्याउन एमालेको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको स्वार्थका कारण एमाले सरकार हटाइएको आरोप लगाउनुभयो । ‘उनीहरु पार्टीबाट बाहिर गए पनि एमालेको शक्ति कमजोर भएको छैन’ उहाँले थप्नुभयो । कांग्रेसको पछि लाग्नेहरु वामपंथी नभएर हामपंथी भएको ओलीको टिप्पणी गर्नुभयो ।