अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली माओवादी महाधिवेशनमा सहभागी नहुने

अध्यक्ष ओली माओवादी महाधिवेशनमा सहभागी नहुने


काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ ।

आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने भएका हुन् । उनी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् । ‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भन्नुभयो ।

उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिनुभयो ।