अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा

२८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा


काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बिमा सेवा पुगेको छ । गत वर्ष यसै अवधिमा बिमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो ।

बिमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नौ हजार १५३ वटा जीवन बिमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार ४४७ वटा जीवन बिमालेख जारी भएको छ ।

जीवन बिमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बिमालेख संकलन गरेका छन्। यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बिमा शुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

चालु आबको मंसिरसम्ममा जीवन बिमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बिमा शुल्क उठाएका छन्। यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बिमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।