अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश र जिल्ला अधिवेशनका लागि एमालेले तोक्यो ९ बुँदे मापदण्ड

प्रदेश र जिल्ला अधिवेशनका लागि एमालेले तोक्यो ९ बुँदे मापदण्ड


काठमाडौं – नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानिमा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो ।

एमालेले देशभर एकै दिन अधिवेशन गर्ने गरी पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ ।

यस्तो छ मापदण्ड

अधिवेशन सम्बन्धी अन्य विषय देहायबमोजिम गर्नेः

– जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने,

– अधिवेशनको लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्था अनुसार सम्बन्धित कमिटीले तय गर्ने,

– जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने,

– मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने,

– जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने,  

– अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने,  

सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने,  

– निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार गर्ने र  

– अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने ।