अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी महाधिवेशनमा शंकर पोखरेलको कटाक्षः मुलुक समृद्ध गर्न नसके जति दल मिले पनि काम छैन

माओवादी महाधिवेशनमा शंकर पोखरेलको कटाक्षः मुलुक समृद्ध गर्न नसके जति दल मिले पनि काम छैन


काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक समृद्ध गर्न नसके जति दल मिले पनि काम नभएको टिप्पणी गर्नुभएको छ ।

सत्तागठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रको आठौं महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘मुलुकलाई निर्माण र समृद्ध बनाउन सक्नुहुन्न भने जति ठूलो गठबन्धन बनाए पनि जति दल मिले पनि के अर्थ ?’

पोखरेलले एमाले र माओवादी केन्द्रबीचको एकता नटिक्नुमा सबै बराबर दोषि रहेकोसमेत उल्लेख गर्नुभयो ।