काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताउनुभयो । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको टिप्पणी गर्नुभएको हो ।
‘तीन वटा राजनीतिक परिवर्तन गर्यौं । तर, युग परिवर्तन गर्न सकेनौं । जनताले विकास र समृद्धि चाहेका छन् । यो कुरालाई मनन गर्नु जरुरी छ । महाधिवेशनमा चिन्तन मनन मुलुक डोर्याउने कुराहरू बहस हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
तिक्तताका आ-आफ्नै नीति बनाउँदा मुलुक र जनताको भलो नहुने उहाँले बताउनुभयो । ‘सामूहिकताको परिणाम परिवर्तन आएको हो । तर, संस्थागत हुन सकेन । सामूहिकता चाहिन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले अहिले आर्थिक र सामाजिक रूपान्तरण महत्त्वपूर्ण कार्यभार भएको बताउनुभयो । राष्ट्रियता, परराष्ट्र नीतिका सवाल दलहरू अलग हुने कुनै कारण नरहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले पार्टी बलियो नभई समाज बदल्न सक्ने हुनुपर्ने धारणा राख्नुभएको थियो ।





प्रतिक्रिया