अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना


सिमकोट – सिमकोट गाउँपालिका-७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आज बिहान दुर्घटना भएको छ ।

लु४त ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका-७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका-७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो ।

उहाँका अनुसार मानवीय क्षति भने केही नभएको र ट्याक्टर भने पूर्ण रूपमा क्षति पुगेको बताइएको छ । ट्याक्टर करीब तीन सय मिटर तल खसेको छ ।

ट्याक्टर चालकको अवस्था भने सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका-३ बरगाउँका नुटुप लामाको रहेको बताइएको छ ।