काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताउनुभयो ।
प्रधानमन्त्री देउवा भन्नुहुन्छ- ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि ! एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् ।’
प्रधानमन्त्री देउवाले विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागू हुने बताउनुभयो । उहाँले दलहरुबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने बताउनुभयो ।







प्रतिक्रिया