अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षाको अवधारणा एमालेले ल्याएको हो : अध्यक्ष ओली

सामाजिक सुरक्षाको अवधारणा एमालेले ल्याएको हो : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षाको अवधारणा आफूहरुले ल्याएको बताउनुभएको छ।

आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सुरक्षाको अवधारणा हामीले ल्याएका हौं । ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म जहाँ आवश्यक छ त्यहाँ पुर्‍याउने कोशिस गरेका छौं । उहाँले जेष्ठ नागरिकबाट सुरु गरेको समाजिक सुरक्षा भत्ता शारीरिक रुपमा अशक्त भएका व्यक्तिले पनि पाउनेगरी व्यवस्था गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि आफूहरु फेरि सरकारमा हुने र सामाजिक सुरक्षाको अवधारणालाई अझ व्यापक बनाउने बताउनुभयो । उहाँले देश बनाउनका लागि नेकपा एमाले सरकारमा हुनैपर्ने समेत बताउनुभयो ।

अध्यक्ष ओलीले अपांगताका भएका व्यक्तिलाई कर्तव्यको हिसाबले सधैं आफ्नो सहयोग रहने बताउनुभयो।