अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धनकुटाको अध्यक्षमा चारजनाको दाबी, पराजुली र राईबीच कडा प्रतिस्पर्धा

एमाले धनकुटाको अध्यक्षमा चारजनाको दाबी, पराजुली र राईबीच कडा प्रतिस्पर्धा


धनकुटा– नेकपा एमालेका जिल्ला अधिवेशनहरु नजिकिदैं गर्दा अध्यक्षका दाबेदारहरुको संख्या पनि थपिदै गएको छ । पुष २३ गते एकै दिन एमालेले ७७ वटै जिल्लाका अधिवेशनहरु सम्पन्न गर्दैछ ।

यस क्रममा धनकुटा जिल्लाका अध्यक्ष राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भएपछि नयाँ आकांक्षीहरुले जिल्ला हाँक्ने इच्छा जाहेर गरेका छन् । हालसम्म अध्यक्षमा प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, सामुदायिक बनको क्षेत्रबाट एमालेमा स्थापित भएका शिव आङ्ला र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले दाबी गरेका छन् ।

चारजनाको दाबी भए पनि विद्यार्थी राजनीतिबाट उदाएका राई र युवा संघको राजनीतिबाट उदाएका पराजुलीबीच नै प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । राई प्रदेश क्षेत्र नं १ र पराजुली २ बाट सांसद हनुहुन्छ । विगतको जिल्ला अधिवेशनमा राजेन्द्र राईसँग भिडेका पराजुली यस पटक आफू अध्यक्ष हुने कुरामा ढुक्क देखिनुहुन्छ भने निरन राई आगामी निर्वाचनहरुमा धनकुटाको विगतको वर्चश्वलाई कायम राख्न आफू नेतृत्वको टिमले मात्र सफल हुने दाबीका साथ अघि बढ्नु भएको छ ।

रमाइलो के छ भने राईले पनि आफू अध्यक्ष हुने र पराजुलीलाई रोजेर त्यसभन्दा मुनीको पद लिन आग्रह गर्नुभएको छ भने पराजुलीले पनि राईलाई त्यही आफर दिनु भएकोे छ ।

नेताहरु गोपाल गुरागाईं र राजेन्द्र राईले जिल्लाको नेतृत्व सर्वसम्मत ढंगले नै चयन हुने बताउनुभएकोे छ ।